काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीले माघ १७ गतेदेखि २५नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० आई सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्न लागेको हो।
नेपालले पहिलो खेल माघ १७ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै १८ गते थाइल्यान्डसँग खेल्नेछ।

त्यसपछि दोस्रो चरणमा नेपालले माघ २१ गते नेदरल्यान्ड्ससँग खेल्दै दोस्रो चरण सुरु गर्नेछ। त्यसको २२ गते थाइल्यान्डसँग दोस्रो खेल खेल्ने छ।
त्यसपछि नेपालले माघ २४ गते नेदरल्यान्ड्स र २५ गते थाइल्यान्डसँग खेल्दै सिरिजको समाप्ति गर्नेछ।

