काठमाडौँ- अघिल्लो वर्षको विजेता मछिन्द्र फुटबल क्लबले एन्फा यू-१६ युथ लिग फुटबलमा लगातार दोस्रो जीत निकालेको छ।

एन्फा कमप्लेक्समा विहान भएको खेलमा मछिन्द्रले खुमलटार फुटबल क्लबलाई २-० गोलले पराजित गरेको हो। मछिन्द्रले यसअघि हिमालयन शेर्पालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो।

८१औ मिनेटमा हिमाल थिङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेट बित्न नपाउदै सौगात बोम्जनले अर्को गोल गर्दै अग्रता दोब्बर बनाउदै जीत सुनिश्चित गराए।

पहिलो खेलमा खुमलटार संकटा क्लबसंग ४-१ गोलअन्तरले पराजित भएको थियो।

जीतपछि मछिन्द्रको २ खेलबाट ६ अंक रहदा खुमलटार पहिलो अंकको खोजीमा रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile