काठमाडौँ- विभागिय टोलि एपिएफले एन्फा यू-१६ युथ लिगमा पहिलो जीत निकालेको छ।

एन्फा कमप्लेक्समा सातदोबाटोविरुद्ध २-१ गोलको संघर्षपुर्ण जीत एपिएफले निकालेको हो।

एपिएफ पहिलो खेलमा थ्री स्टार क्लबसंग बराबरिमा रोकिएको थियो। उता सातदोबाटो भने पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलसंग पराजित भएको थियो।

अविनास वाइबाको गोलमा एपिएफले अग्रता लिदा बिकेन खत्रीले आत्माघाति गोल गरेपछि सातदोबाटो खेलमा फर्किएको थियो। त्यसपछि कप्तान तेन्जिङ शेर्पाले विभागियका लागि विजयी गोल गरे।

जीतपछि एपिएफको २ खेलबाट ४ अंक रहेको छ। सातदोबाटोले समान खेल खेल्दा अंक जोड्न सकेको छैन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile