काठमाडौँ- उपाधि दाबेदारि विभागिय टोलि एपिएफले एन्फा महिला लिगको फाइनल चरणको आफ्नो दोस्रो खेलमा शानदार जीत निकालेको छ।
सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा एपिएफले वालिङ नगरपालिकालाई ९-० गोलले पराजित गरेको हो। सात गोल एपिएफले पहिलो हाफमा गरेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो।
लिगकै सर्वाधिक गोलकर्ताको सुचिमा सबैभन्दा अगाडि रहेकि रश्सि कुमारि घिसिङले ४ गोल गर्दै ब्याक टु ब्याक ह्याट्रिक गर्न सफल भइन्। यसअघि बागमतिविरुद्धको खेलमा पनि उनले ह्याट्रिक गरेकि थिइन्। यो संगै जारि लिगमा उनको गोल संख्या २५ पुगेको छ।
त्यस्तैं सरु लिम्बुल र गिता रानाले समान २-२ गोल गरिन्। दोस्रो हाफमा मैदान प्रवेश गरेकि अनिता केसिले एक गोल गरिन्।
फाइनल चरणको पहिलो खेलमा एपिएफले बागमतिलाई ५-१ गोलले पराजित गरेको थियो। उता वालिङले भने पहिलो खेलमा अर्को विभागिय टोलि नेपाल पुलिससंग ५-० गोलको पराजय व्यहोरेको थियो।
यो जीतपछि एपिएफले २ खेलमा ६अंक बटुल्दा वालिङ पहिलो अंकको खोजीमा छ।

