काठमाडौँ- कप्तान पेम्बा तामाङ्गको शानदार ह्याट्रिकमा संकटाले एन्फा यू-१६ लिगमा पहिलो जीत निकालेको छ।
सातदोबाटोस्थित एन्फा कमप्लेक्समा सोमबार भएको दोस्रो खेलमा संकटाले एफसि खुमलटारलाई ४-१ गोलअन्तरले पराजित गरेको हो।
संकटालाई जिताउन पेम्बाले ह्याट्रिकसहित एउटा सुन्दर असिस्ट पनि गरे। उक्त असिस्टमा एल्सन राईले गोल गरेका थिए। पेम्बाले पहिलो खेलमा चर्च बोइजविरुद्ध पनि गोल गरेका थिए।
पेम्बा खेलको प्लेयर अफ द म्याच पनि घोषित भए।
खुमलटारका लागि सुर्य थापा मगरले शान्तवना गोल फर्काए।
संकटा पहिलो खेलमा चर्च बोइजसंग २-१ गोलले पराजित भएको थियो भनेखुमलटारको यो पहिलो खेल हो।
यो जीतपछि संकटाले २ खेलबाट ३ अंक बटुलेको छ। खुमलटार अंकविहिन रहेको छ।

