काठमाडौँ- एन्फा महिला लिग फुटबलमा आज भएको विभागिय डर्बिमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरि खेलेका छन्।

सातदोबाटोस्तिथ एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलिले गोलरहित बराबरि खेल्दै अंक बाढेका छन्।

पहिलो हाफको २२ औ मिनेटमा पुलिसकि राष्ट्रिय डिफेन्डर पुजा राना मगरले गोल गरेकि थिइन्। अमृता जैसीको फ्रिकिक क्रसमा पुजाले गोल गरेकि थिइन्। तर उनले आर्मीकि गोलकिपर अन्जना राना मगरलाई फाउल गरेको इसारा गर्दै मुख्य रेफ्रि नविन्द्र महर्जनले उक्त गोललाई डिसअलो गर्दिएका थिए। त्यसपछि पुलिसका खेलाडीहरुले गोलको माग गर्दै खेल्न नमान्दै रेफ्रिको निर्णयविरुद्ध अपिल गरेका थिए। खेल करिब २५ मिनेट अवरुद्ध भएको थियो। यद्पि रेफ्रिले आफ्नो निर्णय भने परिवर्तन गरेका थिएनन्।

दशरथ रंगशालामा भएको पहिलो भेटमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile