काठमाडौँ- कप्तान समिर राईको ह्याट्रिक प्रेरित खेलमा नेपाल पुलिस क्लबले एन्फा यू-१६ फुटबलमा शानदार विजयी सुरुवात गरेको छ।

विभागिय डर्बिमा त्रीभुवन आर्मी क्लबविरुद्ध पुलिस ७-० गोलले विजयी बन्दै यू-१६ मा सुखद सुरुवात गर्न सफल भयो। पहिलो हाफमा १ गोल मात्र गरेको पुलिसले दोस्रो हाफमा ६ गोल गरेको थियो।

पुलिसका लागि सबिन मगरले खेलको ४३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। आर्मीका गोलकिपर एलन थापाले राम्रो कलेक्सन गर्न नसक्दा सबिनले त्यसको फाइदा उठाउदै गोल गरे। सबिन पहिलो हाफमै किशोर बमको स्थानमा मैदान प्रवेश गरेका थिए।

रिजन राज गौतमले खेलको ५४औ मिनेटमा पुलिसको लागि गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउदै गौतमले अर्को गोल थप्दै पुलिसलाई ३-० गोलको अवस्थामा पुर्याए।

६०औ मिनेटमा समिर कुमारले गोल गर्दा पुलिसलाई ४-० गोलको सहज अवस्थामा पुर्याए।

७३औ मिनेटमा पुलिसका कप्तान समिर राईले गोल गर्दै आफ्नो टोलिलाई ५-० गोलको अवस्थामा पुर्याए। त्यसको दुई मिनेट बित्न नपाउदै समिरले अर्को गोल थपे। उनको दुवै गोलका लागि रिजनले असिस्ट गरेका थिए।

निर्धारित समयको समाप्तिपछि थप गरिएको समयमा समिरले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गर्दै ७-० गोलको जीत सुनिश्चित गराए।

ह्याट्रिक गरेका कप्तान समिर खेलको प्लेयर अफ द म्याच पनि घोषित भए।

जीतपछि पुलिसले पहिलो खेलबाट तीन अंक जोड्दै गोलअन्तरको आधारमा शिर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र दोस्रो स्थानमा झरेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile