ललितपुर- फ्रेन्डस क्लब कुपन्डोलले एन्फा यु-१६ मा सुखद सुरुवात गरेको छ।
पहिलो चरणको तेस्रो खेलमा फ्रेन्डसले सातदोबाटो युथ क्लबलाई २-० गोलले पराजित गर्दै लिगमा विजयी सुरुवात गर्न सफल भएको हो।
फ्रेन्डसका लागि रिहान बुढाले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि दिवस थापाले खेलको २२ औ मिनेटमा गोल गर्दै टिमको जीत सुनिश्चित गराए।
फ्रेन्डसका दिवस थापा खेलको म्यान अफ द म्याच घोषित भए।
जीतसंगै फ्रेन्डसले तीन अंक जोडेको छ। सातदोबाटो अंकबिहिन रहेको छ।