काठमाडौं । दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ । इ–स्पोट्र्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार यस प्रतियोगिता फागुन दोस्रो साता हुने भएको छ।
संघका अनुसार दोस्रो ई–स्पोट्र्स च्याम्पियनसिप आगामी फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको हो ।
च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको ६ विधा समावेश गरिनेछ
प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाईनबाट हुनेछ। त्यस्तै अन्तिम चरणको खेल मात्र भौतिक रुपमा काठमाडौंको दशरथ रंगशालमा हुनेछ ।
अन्तिम चरणमा ई फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा पनि ४–४ खेलाडी अन्तिम चरणमा सहभागि हुनेछन् ।

