काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को खेलमैदानमा भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो।
आर्मीलाई जित दिलाउन दुवै गोल विंगर विमला चौधरीले गरिन्।