नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा ललितपुरको भैसेपाटीमा यहि पुस १२ र १३ मा सम्पन्न तेस्रो एनबिएसए लालिगुरास कपको उपाधि भक्तपुरको राइजिङ स्टार क्लबले गोर्खा क्रु क्लबलाई १७-३ रनले जितेको छ।

काठमाडौ भक्तपुर र ललितपुरपुरका चागुनारायण,राइजिङस्टार,गोर्खा क्रु,ललितपुर बेसबल सफ्टबल क्लब,श्रीकुल बेसबल र दिपकुन्ज स्कुल लगायतका ६ वटा टिमको सहभागी रहेको प्रतियोगिता लिग कम आउटको आधारमा खेलाइएको थियो।

ललितपुरलाई १५-४ले पराजित गर्दै चागुनारायण  तेस्रो भयो। प्रतियोगीताको बेस्ट प्लेयर चागुनारायणका सफल थापा भए भने बेस्ट पिचर गोर्खा क्रुका अनिश परियार भए।

बिजयि खेलाडी तथा टिमहरुलाइ राखेपका बोर्ड सदस्य अन्जन धमला,ललितपुर महानगरपालिका वर्डा न १८ का वडा अध्यक्ष दामोदर खड्का,नेपाल बेसबल तथा सफ्ट्बल संघका अध्यक्ष दिपक न्यौपाने स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल लगायतले पुरस्कर,मेडल र प्रमाणपत्र बितरण गरेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile