वडा १७ की अर्सना महर्जन र वडा ५ की ममतासिंह राजभण्डारीले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

अर्सना यु–१२ गल्र्स सिंगल्स तथा ममता भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा पहिलो भए ।
ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गःछेंःमा भइरहेको प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्स फाइनलमा अर्सनाले वडा १६ की काभ्या शाक्यलाई १५–१३, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरिन् ।

वडा १९ की मेरिशा श्रेष्ठ र वडा ८ की सुहाना महर्जन तेश्रो भए ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्सको फाइनलमा ममताले वडा ११ की सर्मिला शाक्यलाई सीधा सेटमा ११–४, ११–८ र ११–४ ले हराइन् । वडा १६ की राधा डंगोल र वडा ९ की विजेता वज्राचार्य तेश्रो स्थानमा रहे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile