संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न २०औँ पेनकेक सिलात विश्व च्याम्पियनसिपमा नेपालले २ काँस्य पदक हात पार्न सफल भएको छ ।
डिसेम्बर १८ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा सहभागी हुन ५ जना खेलाडी तथा ३ पदाधिकारी सहित ८ सदस्यीय नेपाली टोली सहभागी भएका थिए ।
पदक प्राप्त गर्ने खेलाडीमा तान्डिङ (फाईट) तर्फको महिला ४५ केजी तौल समूहको प्रतिस्पर्धामा लजु चौधरी र पुरुष ८०–८५ केजी तौल समूहमा नविन नेपाली रहेका छन् ।

