काठमाडौँ- एसीसी यू १९ महिला एसिया कपमा सुपर ४ को अन्तिम खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।
मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि ११ ओभरमा घटाइएको खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले पराजित गरेको हो।
नेपालले दिएको ५४ रनको लक्ष्य पछाएको बंगलादेशले दशौं ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
त्यसअघि टस हारेपछि पहिलो ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो ।
नेपालका लागि सावित्री धामीले ११ रन बनाउँदा कप्तान पूजा महतोले ९, एलिसाकुमारी यादवले ८ र ओपनर सना प्रविनले ४ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

