काठमाडौँ- अर्किड र कोलम्बस सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र फुटसलको पहिलो दिन शनिबार दोश्रो चरणमा प्रवेश गरेका छन् । उक्त २ टिमसंगै १७ टिम दोश्रो चरणमा पुग्न सफल भए ।

दोश्रो चरण पुग्ने अन्य टोलीमा महाकवि देवकोटा, अमर आदर्श, प्रोग्रेसिभ, निर्मल ज्योति, पुष्पलाल, दर्शना, ग्रिन हिल्स, प्रशान्ती एकेडेमी, मिलन धर्मस्थली, एजिएम, तक्षशिला, बोधीसदन, वीर सेवा, कान्तिपुर, अरुणी, मान्दु र जोसेफ रहेका छन् ।

आयोजक एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अमृत खड्काले प्रतियोगिताको उद्घाटन गरे । कमलादीस्थित युनिग्लोब कलेजमा भएको फुटसलमा ४५ टिम सहभागी छन् ।

खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, कबड्डी र तानडोरी गरी ४ खेल समावेश छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile