काठमाडौं- हिमरिश्म र एन्जल्स हार्ट तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हिमरश्मिले सिद्धार्थ मोडल एकेडेमीलाई १६–१२ ले पराजित ग¥यो । हिमरश्मिका अजय खत्रीले ७ स्कोर गरे । एन्जल्स हार्टले रोजमेरीलाई २९–२० ले हरायो । विजयी टिमका लागि अदित पुनले १४ अंक जोडे ।
जुनियर ब्वाइजमै जीवन ज्योतिले पद्मचक्रलाई १४–१० र श्रृजना ज्ञान सागरले काभ्रेस्थलीलाई २०–१८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । जीवन ज्योतिका आयुश तामाङले ८ तथा श्रृजना ज्ञान सागरका विप्लव लामिछानेले ६ अंक बटुले ।
तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको गल्र्समा लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई १८–१६, हिमरश्मिले पद्मचक्रलाई २८–१८, ल्यान्डमार्क एकेडेमीले तेजस्वीलाई १९–१५ र मानसिंहले एन्जल्सलाई २२–१४ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । लालीगुराँसकी प्रियान्शु पन्थले ६, हिमरश्मिकी निमा तामाङले १५, ल्यान्डमार्ककी कृजिशा पुटुवारले ६ र मानसिंहकी देविका बोगटीले १० अंक जोडे ।
उसु; किन्डर गार्टेन च्याम्पियन
उसुमा किन्डर गार्टेन टिम च्याम्पियन बन्यो । किन्डर गार्टेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा ग¥यो । २ स्वर्ण र ३ कांस्यसाथ लालीगुराँस दोश्रो तथा १ स्वर्ण, ८ रजत र २ कांस्यसाथ हिमरश्मि तेश्रो भए ।
थाउलोतर्फ नान् छ्वानको पुरुषमा एलेक्स महर्जन र महिलामा करिना बोहरा तथा ताइची छ्वानको पुरुषमा एनेक्स महर्जन र महिलामा विपना तामाङले किन्डर गार्टेनलाई स्वर्ण दिलाए ।
सान्सौंको महिला ४२ केजीमा किन्डर गार्टेनकी आयुष्ना अधिकारी, ४५ केजीमा किन्डर गार्टेनकै अंकिता श्रेष्ठ र ४८ केजी लालीगुराँसकी अनु मोक्तानले स्वर्ण जिते । विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कबड्डि:
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा बिहीबार कबड्डीतर्फ छात्रमा ३ र छात्रामा ४ गरी ७ खेल भए । छात्रमा प्रारम्भले कालिका शरणलाई ५७–३४, लालीगुराँसले हिमरश्मिलाई ५०–२५ र जितपुरले कालिका शरणलाई ५१–२५ ले पराजित गरे ।
छात्रामा सिद्धार्थ मोडलले कौशललाई ४३–३१, मनमैजुले बालकुञ्जलाई ५९–६, ग्रामसेवाले श्रृजना ज्ञान सागरलाई ५४–१९ र सेक्रेट हार्टले नेपालरत्नलाई ४०–१९ ले हराए ।
फुटबल: हिमरश्मि विजयी
छात्र फुटबलमा हिमरश्मिले मनमैजुलाई २–१, एन्जल्स हार्टले गुरुकुल पब्लिकलाई ४–०, पुरानो गुहेश्वरीले रोजमेरीलाई १–० र कालिदेवीले फुटुङलाई ३–१ गोलले पराजित गरे । त्यस्तै, श्रृजना ज्ञान सागरले सनफ्लावरलाई १–०, नेपाल राष्ट्रिय माविले काभ्रेस्थलीलाई २–० र प्रारम्भ एलिगेन्टलाई ५–० ले हराए । जीवन ज्योतिले अमाडब्लमबाट वाकओभर पायो ।
छात्रामा लालीगुराँसले मेघा पब्लिकलाई १–०, सेक्रेट हार्टले सनफ्लावरलाई १–०, नेपाल राष्ट्रियले ल्यान्डमार्कलाई २–० र प्रारम्भले पुरानो गुहेश्वरीलाई २–० गोलले पाखा लगाए ।

