काठमाडौं- लालीगुराँस नेसनल एकेडेमी र नर्थ भ्यालीले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलमा बुधबार विजयी सुरुआत गरेका छन् ।

मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले बालकुञ्जलाई २४–११ ले पराजित ग¥यो । लालीगुराँसको जितमा प्रजेश महर्जनले १० अंक योगदान गरे । डेविड खड्काको ६ अंक सहयोगमा नर्थ भ्यालीले तेजस्वीलाई १४–१० ले हरायो ।
छात्र बास्केटबलमै कौशलले मेघा पब्लिकलाई २०–९, जीवन ज्योतिले एन्जल्सलाई १८–१२, रोजमेरीले गुरुकुललाई ३०–२२ र मानसिंह धर्मले गिनिज पब्लिकलाई १६–१४ ले पाखा लगाए । कौशलका अन्शु खत्रीले ५, जीवन ज्योतिका अमोह कार्कीले ७, रोजमेरीका दियोन भण्डारीले १८ र मानसिंहका आधित्य तामाङले ६ स्कोर गरे ।

छात्रामा प्रारम्भ वल्र्ड स्कुलले जिनियसलाई २२–१२, पद्मचक्रले रोजमेरीलाई १६–११, जीवन ज्योतिले कौशललाई १९–१३ र तेजस्वीले नर्थ भ्यालीलाई २३–१२ ले पन्छाए । प्रारम्भकी लोसाङ गोम्बाले ८, पद्मचक्रकी अस्मिता ढकालले ६, जीवन ज्योतिकी श्रृष्टिलले ६ र तेजस्वीकी एस्थर बरुवालले ९ अंक बटुले । नकआउट बास्केटबलको जुनियर छात्रमा १८ तथा छात्रामा १४ टिम सहभागी छन् ।

फुटबल:
छात्र फुटबलमा प्रारम्भले एन्जल्स हार्टलाई ६–०, पद्मचक्रले सिद्धार्थ मोडल एकेडेमीलाई २–०, ल्यान्डमार्क एकेडेमीले मेघा पब्लिकलाई २–०, सेक्रेड हार्टले ग्राम सेवालाई १–०, कालिका सदनले पृथ्वी नारायणलाई सडन डेथ, कौशलले लालीगुराँसलाई २–० र मानसिंहले विराट सनातनलाई ५–२ गोलले पराजित गरे ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट एकेडेमी भएको प्रतियोगितामा ३ टिमले आ–आफ्नो प्रतिद्वन्द्वीबाट वाकओभर पाए ।  नेपाल राष्ट्रिय माविले महालक्ष्मी, गिनिज पब्लिकले युनाइटेड स्कोलर्स एकेडेमी र साङला बालकुमारीले संस्कारबाट वाकओभर पाए ।

उसु:
उसुको छात्र छाङ छ्वानमा किन्डर गार्टेनका सोहन तामाङ पहिलो, किन्डर गार्टेनकै विजन रोक्का दोश्रो तथा हिमरश्मिका आरोग्य अधिकारी तेश्रो भए । सो स्पर्धाको छात्रामा किन्डर गार्टेनकी रियाना ग्लान पहिलो भइन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile