काठमाडौँ- पूर्व भारतीय यू–१९ कप्तान उन्मुक्त चन्द नेपाल आईपुगेका छन। चन्दले नेपाल प्रिमियर लिगमा लुम्बिनी लियन्सबाट खेल्नेछन् ।
चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ । उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा सन् २०१२मा यु –१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए । उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठुला फ्रेन्चाइजहरूका लागि आईपीएलमा खेल्दै आफ्नो ब्याटिङ कलाको प्रदर्शन गरेका छन् । हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
चन्दको लुम्बिनी लायन्समा आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास छ । उन्मुक्त चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७रहेको थियो । उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन् । साथै लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७शतक समेत समावेश छन्। टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ ।
लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल रहेका छन् nभने प्रमुख प्रशिक्षकमा नन्दन फदनिस रहेका छन। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मङ्सिर १९ गते बिराटनगर किङ्स बिरुद्ध खेल्नेछ। चन्द जस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पुर्याउने विश्वास लुम्बिनी लायन्सको रहेको छ

