काठमाडौं- लिभरपुलले प्रिमियर लिगमा रोमाञ्चक पुनरागमन जित हासिल गरेको छ।
आइतबार राति भएको खेलमा घरेलु टोली साउथह्याम्प्टनमाथि लिभरपुलले २–३ गोलको रोमाञ्चक जित हासिल गरेको हो।
लिभरपुलको जितमा मोहम्मद सालाह दुई तथा डोमिनिकले एक गोल गरे। यता साउथह्याम्टनका लागि एडम आर्मस्ट्रङ र माटियुस फर्नान्डेसले गरेको गोल सान्त्वना बन्यो।
यो जितसँगै लिभरपुलले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ। १२ खेलबाट ३१ अंक रहेको लिभरपुल शीर्ष स्थानमा छ।

