काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी अन्तिम चरणमा पुगेको छ ।
१५ मंसिरदेखि सुरु हुने एनपीएलका लागि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तिव्र तयार पार्ने काम भइरहेको छ । पहिलो पटक डिजिटल स्कोर बोर्डको निर्माण गरिएको छ भने छुट्टै फ्यान जोन बनाइएको छ ।

यस्तै पिचको पूनर्निर्माण गरिएको छ भने मैदानमा बाउण्ड्री पनि बढाइएको छ । दर्शकहरूका लागि भीआईपी टिकट, भीभीआईपी लाउन्ज र ओनर्स लाउन्ज पनि निर्माण गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेञ्चाइज टी–२० क्रिकेट प्रतियोगितामा आठ टोलीको सहभागिता हुनेछ । प्रतियोगितामा १६ देशका ३७ विदेशी खेलाडीले पनि सहभागिता जनाउने छन् ।
कीर्तिपुर खेल मैदानमा अहिले मैदान सुधारका साथै अन्य संरचना निर्माणको काम धमाधम भइरहेको छ ।

