काठमाडौँ- ला लिगामा बार्सिलोनाले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेलेको छ ।
खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो।
यसपछि बार्सिलोनाको १४ खेलबाट ३४ अंक जोडेर शीर्ष स्थानमै कायम रहेको छ ।
सेल्टा भिगो १४ खेलबाट १८ अंकसहित ११औं स्थानमा छ ।

