काठमाडौं- काठमाडौंका सुगत मानन्धरले यस वर्षको परेवा उडान प्रतियोगितामा प्रथम स्थान हात पारेका छन्। उनको परेवाले कुल ३८ घण्टा ३० मिनेटको लामो समय उडान भरेका थिए।
त्यस्तै दोस्रो स्थानमा कविन श्रेष्ठ (३४ घण्टा ८ मिनेट), वीरेन्द्र श्रेष्ठ तृतिय (३२ घण्टा २३ मिनेट), हरिश भुजु चौथो (२० घण्टा ५१ मिनेट), तुलसी कुमार साहुखल पाँचौं (९ घण्टा १० मिनेट) र सुमन फुयाल छैटौं स्थान (६ घण्टा २४ मिनेट) प्राप्त गरेका थिए।
विजेताहरुले क्रमश ५० हजार, ३५ हजार , २५ हजार, १० हजार, ८ हजार र ५ हजार रुपैंया प्राप्त गरेका थिए। त्यस्तै प्रतियोगितामा दिनेश श्रेष्ठ उत्कृष्ट खेलाडी बने। उनको एक परेवाले ११ घण्टा १४ मिनेट लामो उडेको थियो। उनले रु २० हजार पुरस्कार जिते।
नेपाल परेवा उड़ान खेल संघको आयोजनामा भएको उक्त प्रतियोगितामा ८४ जना खेलाडीहरुले भाग लिएका थिए।
प्रतियोगितामा काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे बाहेक वुटवल र वर्दिवासका खेलाडीहरुले पनि भाग लिएका थिए।
नेपाल परेवा उड़ान खेल संघको २५ औं रजत जयंती पुरस्कार बितरण समारोहमा विजयी खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो। पाकिस्तानको लाहौर पाकिस्तानबाट आएका प्रमुख अतिथी उस्ताद मोहम्मद हाजी ग़ुज्जर, बिशेष अतिथि पंछी संरक्षण संघका अध्यक्ष डा. करन शाह, पूर्ब अदक्ष्य कृष्ण प्रजापति, नारायण बहादुर श्रेष्ठ लगायत संस्थाका संरक्षक कुमार गोरख शमशेर जबराले पुरस्कृत गरेका थिए।

