काठमाडौं – लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमण्ड्सलाई टिममा ल्याएको छ ।

सिमण्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौँथो विदेशी खेलाडी हुन् । बायाँ हाते पेसरको रुपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू–१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् ।

लुम्बिनी लायन्समा सामेल हुन पाउँदा आफ्नो उत्साह व्यक्त गर्दै सिमण्ड्सले भने, “नेपाल प्रिमियर लिगको यो पहिलो सिजनमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करियरको एक रोमाञ्चक अध्याय हो । नेपालीहरुको क्रिकेटप्रतिको उत्साहको बारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो उर्जा हेर्न आतुर छु ।” लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सिमण्ड्सको आगमनप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी रामोन सिमण्ड्सलाई लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा निकै खुसी छौं । हामीलाई विश्वास छ कि उनको बलिङ हाम्रो टिमको लागि अत्यन्त महत्वपूर्ण हुनेछ । उनको युवा जोसले हाम्रो सम्पूर्ण टिम र विशेष गरी हाम्रा युवा खेलाडीहरूलाई प्रेरणा दिनेछ ।” नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ मा शुरु भई पुष ६ गतेसम्म चल्नेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile