काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमले आज ताजकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ।

ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल नेपालीसमय अनुसार साँझ ६:४५ बजेबाट सुरु हुने छ। नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने छ।

फिफा वरियताको १०५औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ। २०१७ मा एएफसी एशियन कप छनौटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो।

यता, १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा ३ खेलमा जीत हासिल गरेको छ भने २ बराबरी र एक खेलमा हार बेहोरेको छ। २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक खेल्दै छ।

नेपाली टोलि:
गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार
डिफेन्डर :अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन
मिडफिल्डर :रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड : जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामीनेपाल र ताजकिस्तान भिड्दै

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile