काठमाडौँ- स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित भएको छ।
राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग १–० गोलले पराजित भएको हो।
रियल सोसिडाडको जीतमा खेलको ३३औँ मिनेटमा शेराल्डो बेकारले गरेको गोल नै निर्णायक बन्यो।
हार सँगै सिजनको ला लिगामा बार्सिलोनाको यो दोस्रो पराजय हो। १३ खेलबाट ३३ अंकसहित बार्सिलोना शीर्ष स्थान छ। विजयी सोसिडाडाँ भने समान खेलबाट १८ अंकसहित आठौँ स्थानमा छ।

