काठमाडौँ- नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा एफआईएच प्रेसिडेन्ट अवार्डबाट शनिबार सम्मानित भएका  छन् ।

ओमानको मस्कटमा भएको अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) को ४९ औं महाधिवेशनका अवसरमा शर्मालाई अवार्ड प्रदान गरिएको हक्की संघले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुन शर्मासहित ओमानमै रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले नेपाली हक्कीको इतिहासमा यति ठूलो सम्मान पहिलो भएको बताउदै नेपालकै लागि गौरवको विषय भएको बताइन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile