अनुषा जिसीले होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यु–१४ गल्र्स सिंगल्समा अनुषाले आभ्या भट्टराईलाइर्एै ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा स्वरा थापाले इरा खत्रीलाई सीधा सेटमा ६–२ र ६–२ ले हराइन् ।
बागमती प्रदेश टेनिस संघको आयोजना तथा होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा आयान पन्त, शुभम् श्रेष्ठ, कायान चालिसे र टोनिस श्रेष्ठ सेमिफाइनलमा पुगे ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा आरित मल्ल, विश्व डल्लाकोटी, प्रणव घिमिरे, असभसम्राट हाडा र वेदान्त चालिसेले जित हात पारे ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा १४ स्पर्धामा १ सय २७ खेलाडी सहभागी छन् । शनिबारसम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ रहेको छ ।

