काठमाडौँ- नेपाली बेसबल टोली अरब क्लासिक लिगमा शुक्रबार पराजित भएको छ ।

नेपाल साउदी अरबियासंग १४–२ पराजित भयो । नेपालको यो दोश्रो हार हो ।

यसअघि नेपाल प्यालेस्टाइनसंग १७–२ ले पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जनाएका छन् ।

नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, प्यालेस्टाइन र साउदी अरयिबा छन् । दुबइमा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंका विरुद्ध खेल्ने छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *