काठमाडौं- आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्ड संग खेल्दैछ।

यी दुई टाेलीबीचकाे खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

उमेर समूहमा नेपाल र थाइल्यान्डबीच हालसम्म एकमात्र खेल भएको छ।

जसमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो।

आगामी १३ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपाल र थाइल्यान्डसँगै युएई र कुवेतले सहभागिता जनाएका छन्।

सबै टोलीले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टोली : सोनी पाख्रिन, ज्योत्सिका मरासिनी, रचना चौधरी, मनिषा उपाध्याय, कृष्मा गुरुङ, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *