काठमाडौँ- चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि
जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ ।

चितवन मेडिकल कलेजको स्वामित्वमा
रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि चितवनले
मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध
गरिसकेको छ ।

बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–ट्वेन्टी आईमा सबैभन्दा
छिटो शतकको कीर्तिमान बनाएका थिए (अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी
दोस्रो स्थानमा छन्) । नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित
त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए । एक
बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने
सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन् । कुशलले गत वर्ष चीनको हन्झाउमा भएको
१९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए ।
दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् ।

चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटने खुसी व्यक्त गरेका छन् । ।।।त्रिवि
क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी–
ट्वेन्टी क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिब्स खेल्ने अवसर दिएको छ । अब नेपाली
क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ ।’ उनले
भने ।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी(इटन र मल्ल एकै टोलीमा
भएको कारण एनपिएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे । ।।।नेपाली क्रिकेट
समर्थकहरूले उनलाई गत सिजन त्रिवि मैदानमा कुशलको कीर्तिमान तोडेको देखेका थिए । अब
दुवै धुरन्धर खेलाडी एउटै टोलीबाट खेल्नेछन् । आफ्नो सिट बेल्ट बाँध्नुहोस् ।’
उनले भने ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *