काठमाडौँ- आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ ।
शनिवार विहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।
जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमै अल आउट भयो ।
नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए। कुशल भुर्तेल २९,कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा आउट भए ।
त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो ।
नेपालका लागि गुल्शन झाले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
यो नतिजापछि नेपाल लिग २ मा ११ खेलमा २ मा जित र ८ मा हारसहित ५ अंकका साथ सातौं स्थानमा छ ।