काठमाडौं- इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले आर्सनललाई पराजित गरेको।

शनिबार भएको खेलमा पाहुना टोली आर्सनल घरेलु टोली न्युक्यासल युनाइटेड १–० गोलले पराजित भएको हो।

जारी सिजन १० खेलबाट १८ अंकसहित आर्सनल तेस्रो स्थानमा यथावत छ। उसको यो दोस्रो पराजय हो। यता। विजयी न्युक्यासल युनाइटेड समान खेलबाट १५ अंकसहित आठौँ स्थानमा उक्लिएको छ।

न्युक्यासल युनाइटेडको जीतमा अलेक्जेन्डर इसाकले गरेको गोल नै निर्णयक बन्यो। उनले खेलको १२औँ मिनेटमा गोल गरेका थियो। यो संगै न्युक्यासल युनाइटेडले महत्वपूर्ण तीन अंक प्राप्त गरेको हो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile