काठमाडौं- हङकङ सिक्सेसमा अस्ट्रेलियामाथि नेपालले ११ रनको जित निकालेको छ ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा भएको खेलमा नेपालले दिएको ११२ रनको अष्ट्रेलियाले पूरै ६ ओभरमा सबै विकेटको गुमाउँदै मात्र १०० रन बनायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारि खेले ।

यस्तै लोकेश बम ३३ तथा बिबेक यादव र रासिद खान १२ रनको योग्दान दिए।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे ।

अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै कप्तान सन्दीप जोरा र लोकेश बम । यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *