काठमाडौँ- खाँडादेवी खेलकुद विकास समिति– ७ को आयोजनामा तेश्रो वडा अध्यक्ष अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा हालसम्म ८ टिमको सहभागिता निश्चित भइसकेको आयोजक टिमका प्रशिक्षक निर्मल योञ्जनले जनाएका छन् । प्रशिक्षक योञ्जनका अनुसार इच्छुकले आइतबारसम्म टिम दर्ता गर्न सक्ने छन् ।

खाँडादेवी गाउँपालिका वडा ७ को प्रायोजनमा हुने प्रतियोगितामा शीर्ष ३ स्थानमा रहने टिमले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार पाउने छन् । तीनदिने प्रतियोगिताका खेलहरु रामेछापस्थित खाँडादेवी गाउँपालिका वडा ७ को श्रीकृष्ण मावि, टिमुमा खेलाइने छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *