काठमाडौं- नेपाली राष्ट्रिय महिला टोलि फाइनलमा पराजित भएको छ।

घरेलु मैदानमा १५ हजार ३७३ दर्शकमाझ नेपाल बंगलादेशसँग २–१ गोलले पराजित हुँदै लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित बनेको हो।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल पराजित हुँदै उपविजेता बनेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। बंगलादेशको जितमा मोनिका चक्मा र रितु पुन चक्माले गोल गरिन्। नेपालका लागि अमिशा कार्कीले गरेको गोल सान्त्वना बन्यो।

नेपाल बंगलादेशविरुद्ध खेलको ५६औँ मिनेटमा १–० ले पछि परेको थियो। तर, उक्त अग्रता बंगलादेशले चार मिनेट पनि टिकाउन सकेन।

नेपालको लागि खेलको ५६औँ मिनेटमा अमिशा कार्कीले गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याइन्। त्यसअघि नेपालले खेलको ५२औँ मिनेटमा गोल ब्यहोरेको थियो।

८१औँ मिनेटमा बंगलादेशको लागि रितु पुन चक्माले गोल गरेपछि खेल २–१ अघि बढ्यो। त्यसपछि बाँकी समय थप गोल नहुँदा नेपाल पराजित हुँदै उपविजेतामा सिमित बन्न बाध्य बन्यो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *