काठमाडौं- साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट काट्नेको बिहानैदेखि दर्शकहरुको लामो भिड लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो ।

एन्फाले टिकेटिङ पार्टनरको रुपमा खल्ति एप संग सम्झौता गरेको थियो। तर फाइनलमा त्यो सम्झौता तोड्दै आफै टिकट बेच्ने निर्णग गरेको थियो।

एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको एन्फाले जनाएको छ ।

उपाधिका लागि आज बेलुका नेपाल र बंगलादेश भिड्दैछन् । खेल साँझ ६:२० बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजिमा छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *