काठमाडौँ- आईएसएफ जिम्नासाइडको पुरुष थ्री बाइ थ्री बास्केटबलमा नेपाल टुले शनिबार मिश्रित प्रदर्शन गरेको छ ।
नेपाल टुले २ खेल खेलेकोमा जित र हार आत्मसात ग¥यो ।
आईएसएसओ भारतलाई १५–२ ले पराजित गरेको नेपाल टु ओमानसंग २०–७ ले हा¥यो । आसिफ महर्जन, अदम्य महर्जन र दावा छिरिङ लामा तामाङ कोर्टमा उत्रिएका थिए ।
बास्केटबलमा नेपालबाट ४ टिम सहभागी छन् । ४ टिमले उक्त २ खेलसहित जम्मा ८ खेल खेलेको थियो । चारै टिमले समान २–२ खेलेका थिए । आईएसएसओ भारत विरुद्धको खेलमा मात्र नेपाल विजयी भयो ।
बहराइन नेसनल स्टेडियमस्थित इसा स्पोर्ट्स सिटी, आउटडोरमा भएको प्रतियोगितामा नेपाल वान स्लोभेनिया टुसंग १५–१२ तथा नाइजेरियासंग १५–९ ले पछि प¥यो । प्रणय बासी, समराज श्रेष्ठ, प्रणयमान श्रेष्ठ र प्रथम श्रेष्ठले खेलेका थिए ।
युगान्डाले नेपाललाई थ्रीलाई १३–९ तथा बहराइन फोरले नेपाललाई थ्रीलाई १३–१० ले पाखा लगाए । लक्की महर्जन, कृषण लाखे श्रेष्ठ, आशिषकुमार थापा मगर र सशान्त कार्कीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
नेपाल फोर चीनसंग १६–१० ले पछि प¥यो भने भारतसंग अत्तिरिक्त समयमा १६–१४ ले चुक्यो । भारत विरुद्धको निर्धारित समयको खेल १४–१४ को बराबरीमा सकिएको थियो । आदर्श बस्नेत, अश्विन चालिसे, सागर परियार र कृष लामा नेपाल फोरको टोलीमा छन् ।

