काठमाडौँ- फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाईनल खेलमा फ्रिडम फाईटरले हाम्रो धरान भेट्रान टिमलाई २–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गर्यो ।

फ्रिडमका लागि विकर्ण श्रेष्ठ र तेज वहादुर गलामीले गोल गरे । फ्रिडमका तेज वहादुर गलामी प्लेयर अफ द म्याच घोषित भए । उनलाई राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक पदम कृष्ण श्रेष्ठले पुरस्कृत गरे ।

त्यस्तै आजै सम्पन्न दोश्रो सेमीफाईनल खेलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सीलले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले पराजित गर्यो । ठमेलका लागि भेष राज लिम्बु र अंकुर खड्गीले गोल गरे । ठमेलको अंकुर खडगी प्लेयर अफ द म्याच चुनिए । उनलाई बरिष्ठ फोटो पत्रकार श्याम चित्रकारले पुरस्कृत गरे ।

प्रतियोगिताको फाईनल खेल आईतवार दिनको २ः३० बजे फ्रिडम फाईटर र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सील विच हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile