काठमाडौँ- मेलचौर युवा जागरण समाजको आयोजनमा सोमबारबाट सुरु भएको मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटलब प्रतियोगिताको चौथो संस्करणमा दोस्रो दिन पाँच खेल सम्पन्न भएको छ।

चौतारा साँगाचोकगढी–७ मेलचौर दरबार डाँडा खेल मैदानमा सम्पन्न पहिलो खेलमा साविक विजेता रोयल फेमिलीले वडा नम्बर आठलाई ३–० ले पराजित गरेको हो।

रोयलको जितमा सन्जोक महर्जन र सनिश श्रेष्ठले एक एक गोल गरे भने अर्को गोल उपहार पाएको थियो। यस खेलको ‘म्यान अफ द म्याच’ रोयलका मनिष मगर घोषित भए।

दोस्रो खेलमा राई एफसीले सुनकोशी ‘ए’ लाई ४–१ गोल अन्तरले पराजित गर्यो। राई एफसीको जितमा सनिल मगर दुई, पासाङ र रसिस रञ्जितकारले एक एक गोल गोल गरे। यता, पराजित सुनकोशीका लागि सन्जिव थापा मगरले गरेको एक गोल सान्त्वना बन्यो। यस खेलको ‘म्यान अफ द म्याच’ राई एफसीका सनिल मगर घोषित भए।

तेस्रो खेलमा आयोजक मेलचौर युवा जागरण समाजलाई पोखरे युवा समाजले पेनाल्टीमा १–३ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

निर्धारित ४० मिनेटको खेलमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। खेलमा उपहार गोलबाट पोखरेले सुरुआती अग्रता बनाएको थियो। मेलचौरका गोलकिपर सुशान्त दुलालले आत्मघाती गोल गरे। यस्तै, राजु परियारले गोल गर्दै मेलचौरलाई खेलमा फर्काएका थिए। तर, पेनाल्टीमा भने मेलचौर निराश बन्यो यस खेलको ‘म्यान अफ द म्याच’ पोखरका गोलकिपर सरोज महर्जन घोषित भए।

चौथो खेलमा धार्पा युवा क्लबले सिर्जनशिल समाजमाथि ६–३ गोल अन्तरले पराजित गर्यो। खेलमा २–० ले पछि परेको धार्पाले शानदार पुनरागमन गर्दै दोस्रो हाफमा ५ गोल गर्न सफल भयो।

धार्पाको जितमा किरण चौधरी र योगेस श्रेष्ठले समान दुई दुई गोल गरे भने कृजल खड्का र सागर तामाङको नाममा एक एक गोद रह्यो। सिर्जनशिलका लागि मन्दिप माझी, अमृत माझी र कप्तान अजय तामाङले गरेको गोल सान्त्वना बन्यो। यस खेलको ‘म्यान अफ द म्याच’ धार्पाका कृजल खड्का मगर घोषित भए।

यस्तै, दिनको पाँचौ तथा अन्तिम खेलमा सुकुटे युवा जागरण मन्चले सेतीदेवी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो।

निर्धारित समयको खेलमा दुबै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो। पेनाल्टीमा सुकुटेले बाजी मार्यो। यस खेलकाे ‘म्यान अफ द म्याच’ सुकुटेका गाेलकिपर कृष्ण केसी घाेषित भए।

सुकुटेले सोमबार पहिलो खेलमा भिमटार ब्वाइजविरुद्ध ३–१ को जित हासिल गरेर अघिल्लो चरणमा प्रवेश गरेको हो भने सेतीदेवीले बाइ पाएको थियो।

बुधबार चार खेल हुनेछ। प्रतियोगिताको सबै खेलहरु नेप्लेज डटकमको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

आगामी १० गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile