फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न उदघाटन खेलमा विरगन्ज युथ एकेडेमीले श्री कुमारी क्लबलाई ३–२ गोलले पराजित गरी विजयी शुरुवात गरेको छ ।

वीरगन्ज युथ एकेडेमीको तर्फबाट चक्रधर चौधरी, संजय कुमार मण्डलले गोल गरेका थिए भने हरि शंकर महर्जनले आत्माघाती गोल गरेका थिए । त्यस्तै पराजित टिमको तर्फबाट सुधिर महर्जनले दुई गोल गरेका थिए । वीरगन्ज युथ एकेडेमीका सञ्जय कुमार मण्डल एबिथभच या तजभ mबतअज घोषित भए ।

दोश्रो खेलमा सरस्वतीनगर भेट्रान्स क्लबले गण्डकी प्रदेश फुटबल संघलाई पेनाल्टी शुटआउटमा २–० ले पराजित गर्यो । निर्धारित समयसम्म दुवै टिमको तर्फबाट समान १÷१ गोल गरेका थिए । गण्डकीका लागि सन्तोष केसीले गोल गरेका थिए भने अमित परियारले आत्माघाती गोल गरेका थिए ।सरस्वीत नगरका सम्भु श्रेष्ठ एबिथभच या तजभ mबतअज घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोली विहान ९ बजे विजय युथ क्लब, हेटौडा विरुद्ध महावीर क्लब, दिउसो १ बजे फ्रिडम फाईटर विरुद्ध वीआर वदर्श र दिउसो ३ बजे हाम्रो धरान भेट्रान्स विरुद्ध विरगन्ज युथ एकेडेमी विच खेल खेलाईने कार्यक्रम रहेको छ ।

यस अघि एक समारोह विच खेलको उदघाटन नागार्जुन नगरपालिकाका प्रमुख मोहन वहादुर वस्नेतले गरेका थिए । सो अवसरमा मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, मिसनका पदाधिकारीहरु, पूर्व राष्ट्रिय फुटबल खेलाडीहरुको उपस्थिति रहेका थिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile