काठमाडौँ- नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की शनिबार बहराइनको मानामा प्रस्थान गरेका छन् ।

बहराइनमा अक्टोबर २३ देखि ३१ तारिखसम्म हुने आईएसएफ जिम्नासाइड समर गेम्सको २० औं संस्करणमा सहभागी हुन कार्की बहराइन गएका हुन् ।

बहराइनमा कार्कीले आईएसएफको वार्षिक साधारण सभामा पनि भाग लिने छन् । कार्की आईएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका अध्यक्ष पनि हुन् । पारासहित विभिन्न २६ खेल समावेश आईएसएफ जिम्नासाइडमा तेक्वान्दोको पनि प्रतिस्पर्धा हुनेछ ।

नेपालले तेक्वान्दोसहित ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस र बक्सिङ गरी ५ खेलमा सहभागिता जनाउदै छ । आईएसएफ जिम्नासाइडको उद्घाटन तथा समापन समारोहमा पनि कार्की सहभागी हुने छन् ।
आईएसएफ जिम्नासाइडमा सहभागी हुन आईएसएफले सोलिडारिटी प्रोजेक्टअन्तर्गत नेपाललाई खेलाडी र प्रशिक्षक गरी ११ जनालाई सुविधा प्रदान गरेको कार्कीले जानकारी दिए ।  

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *