काठमाडौं- अक्टोबर २३ देखि २७ सम्म हुने एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ भएको छ।

कतारमा हुने उक्त प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई विदाइ गरेको हो।

प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपाल रहेको समूहमा जापान, कतार र मंगोलिया रहेका छन्।

नेपाली टोलीले आफ्नो उद्घाटन खेलमा अक्टोबर २३ मा जापानसँग खेल्नेछ भने अक्टोबर २५ मा आयोजक राष्ट्र कतारसँग खेल्नेछ। नेपालको समूह चरणको अन्तिम खेल अक्टोबर २७ मा मंगोलियासँग हुनेछ।

नेपाली टोली:
पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, सुजलमान घले, निशान राजलावोत, भुवन कामी, एकराज विश्वकर्मा, जोन विष्ट, सबिनया कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बाम, अलिक श्रेष्ठ, सविनकुमार लुङ्गेली मगर, रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, रञ्जित लामा, तेन्जिङ शेर्पा, दिग्विजय शाही

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile