काठमाडौँ- अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिलाई पराजित गरेको छ ।

डलासमा भएको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले अमेरिकालाई १७ रन हराएको हो। जीतसंगै तीन खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ ।

अमेरिकाले जितका लागि १६५ रन पछ्यउदा २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि सयन जहाँगिरले सर्वाधिक ६० रन बनाए । आन्द्रेस गसले ३० र मिलिन्द कुमारले २२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलको सर्वाधिक ४९ रन बनाए।

दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *