काठमाडौँ- राइनो कप फुटबल आउँदो शनिबार कोल्हुवामा सुरु हुने भएको छ ।

प्रतियोगितामा भारतीय टिम, ए डिभिजनका ३ वटा सहित १२ फुटबल क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको फाइनल कात्तिक १४ गते हुने छ । भारतको मणिपुरबाट समेत फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने छ । फुटबलका बारेमा आफैं जानकारी पाएर आउन चाहेकाले भारतीय फुटबल टिमलाई आमन्त्रण गरिएको हो ।

कोल्हुवामा यो समेत ७ औं राइनो कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रतियोगिताको उद्‍घाटन गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । विजेताले नगद ८ लाख पाउने अध्यक्ष भण्डारीले जानकारी दिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *