काठमाडौं– कात्तिक १ गते बिहीबारबाट दशरथ रंगशालामा आयोजना हुने साफ च्याम्पियनसिपको टिकट अधिकार खरिद गरेको माउन्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालीले टिकट विक्रीका लागि खल्ती प्रालीसँग बिहीबार सम्झौता गरेको छ।

सम्झौतापत्रमा माउन्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्सका प्रमूख कार्यकारी अधिकृत ९सिइओ० थमन साल र खल्ती प्रालीका सिइओ विनय खड्काले बुधबार हस्ताक्षर गरेका हुन्।

प्रतियोगितामा उपाधिमाथि मुख्य दाबेदारी प्रस्तुत गर्दै विगतका ६ मध्ये पाँच संस्करणमा फाइनल पुगेर उपविजेता बनेको नेपाली महिला टोलीले यसपाली घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको छ ।

प्रतियोगितामा नेपाली टोलीको मनोबल उच्च बनाउन १२औं खेलाडीको भूमिकामा रहने दर्शकको उपस्थितीले ठूलो अर्थ राख्नेछ। बढि भन्दा बढि दर्शकलाई दशरथ रंगशालामा निम्त्याउने उद्देश्यसहित नेपाली फुटबलको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट प्रा. ली.ले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग टिकटको अधिकार खरिद सम्झौता गरिसकेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile