काठमाडौं- कात्तिक १ गतेबाट सुरु हुने साफ साफ महिला च्याम्पियनसिपका टिम तयार रहेको बताएका छन्।

प्रतियोगिता सुरु हुनु एक दिनअघि बुधबार आयोजित प्रि–म्याच प्रेस कन्फेरेन्समा सहभागि सात राष्ट्रका प्रशिक्षक र कप्तानले आ–आफ्नो टिम तयार रहेको बताएका छन्।

कन्फेरेन्समा सहभागी सातवटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए।

एन्जिला तुम्बापोको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा गरिएको थियो।

प्रतियोगिता कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक हुन लागेको हो।

नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा साफको आयोजना गरेको थियो। प्रतियोगिताका लागि सबै टोली काठमाडौं आइसकेका छन्।

च्याम्पियनसिपको उद्घाटन खेल भोलि बिहीबार समूह ‘ए’मा रहेका भारत र पाकिस्तानबीच हुनेछ। समूह ‘बी’मा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्नेछ।

समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन्।

समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन्।

कात्तिक १४ गतेसम्म हुने च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइनेछ।

नेपाली टोली:

एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile