काठमाडौँ- अस्ट्रेलियाले ९ रनको आईसीसी वुमेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप २०२४ को सेमिफाइलन प्रवेश गरेको छ । अस्ट्रेलिया महिला ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको यो लगातार नवौंपल्ट हो ।
सारजाहमा भएको खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ८ विकेटमा १५१ रन बनाएको थियो । त्यसमा ग्रिस ह्यारिसले ठोस ४० रन बनाइन् ।
यो जितपछि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया समूह ‘ए’ को शीर्षमा रहको छ । उसले लिग चरणका सबै चार खेल जितेका छन् ।