काठमाडौं- अस्ट्रियाले यूईएफए नेसन्स लिग समूह बी३ को खेलमा नर्वेलाई ५–१ ले पराजित गरेको छ।
नर्वेको जितमा मार्को अर्नौटोभिकले दुई गोल गर्दा फिलिपि लिएनहार्ट, स्टेफन पोस्च र माइकल ग्रेगोरिटस्चले समान एक गोल गरे। यता, नर्वेको लागि एकमात्रै गोल एलेक्जान्डर सोर्लोथले गरे।
यस जितसँगै अस्ट्रिया र नर्वे समूहको शीर्ष स्थानमा बराबरी अंक रहेको छ।