काठमाडौं- साफ महिला च्याम्पियनसिप खेल्न पाकिस्तान टोली नेपाल आईपुगेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह र सह–महासचिव अरुणमान जोशीले पाकिस्तानको टोलीलाई स्वागत गरेका थिए।
प्रतियोगिता कार्तिक १ देखि १४ गते सम्म दशरथ रंगशलामा हुँदैछ।
समूह ‘ए’ मा भारत, साविक विजेता बंगलादेश र पाकिस्तान छन्। समूह ‘बी’ मा साविक उपविजेता नेपालसहित श्रीलंका, भुटान र माल्दिभ्स छन्। समूहका शीर्ष दुई टोली सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन्।
उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ।