काठमाडौं- युएफए नेसन्स लिगमा इंग्ल्यान्ड ग्रिससँग पराजित भएको छ।

अन्तरिम प्रशिक्षक ली कार्सलीको नेतृतमा रहेको इंग्ल्यान्ड ग्रिसविरुद्ध वेम्बलीमा २–१ ले पराजित भएको हो।

घाइते कप्तान ह्यारी केनको अनुपस्थितिमा उनले स्ट्राइकरको प्रयोग नगरी जुड बेलिङ्घम, फिल फोडेन, कोल पाल्मर, एन्थोनी गार्डन, र बुकायो साकाको आक्रमण लाइनमा भर गरे।

ग्रिसको जितमा भान्गेलिस पाभलिडिसका दुई गोल गरे। यता, इंग्ल्यान्डका लागि जुड बेलिङ्घम गरेको गोल सान्त्वना बन्यो।

यस हारसँगै कार्सलीको इंग्ल्यान्डको स्थायी प्रशिक्षक बन्ने सपना धराशायी भएको छ। ग्रिसको यो जित भने ऐतिहासिक रह्यो। वेम्बलीमा ग्रिसको यो पहिलो जित हो। ग्रिस समूह बी२ मा ९ अंकका साथ शीर्ष स्थानमा पुगेको छ भने इंग्ल्यान्ड ६ अंकसहित दोस्रो स्थानमा झरेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *